May 17, 2024

एजेन्सी – वैदिक ज्योतिषशास्त्रका अनुसार सबै ग्रहहरूले एक निश्चित अन्तरालपछि आफ्नो राशि परिवर्तन गर्छन्। यसको शुभ र अशुभ प्रभाव मेषदेखि मीन राशीसम्म १२ राशीमा पनि पर्छ ।

पञ्चाङका अनुसार देवगुरु बृहस्पति मे १ गते दिउँसो २ बजेर ५ मिनेटमा वृष राशिमा प्रवेश गरेका छन् । झन्डै एक वर्ष भन्दा लामो समय पश्चात वृहस्पतिले राशि परिवर्तन गरेका हुन्।

अब छिट्टै शुक्रले पनि राशि परिवर्तन गर्नेछन्। मे १९ को दिन बिहान ९ बजेर ६ मिनेटमा शुक्रको वृष राशिमा प्रवेश हुनेछ। ज्योतिष शास्त्रका अनुसार १२ वर्षपछि वृष राशिमा बृहस्पति र शुक्रको संयोग हुने भएको छ ।

जसका कारण गजलक्ष्मी राजयोग बन्नेछ। मे महिनामा बृहस्पति र शुक्रको अचम्मको संयोजनका कारण केही राशिका लागि धेरै शुभ फल मिल्नेछ। जानौं गजलक्ष्मी राजयोगले कुन राशिको भाग्य चम्किन्छ ?

मेष: गजलक्ष्मी राजयोगको प्रभावले मेष राशिका व्यक्तिको सुख र सौभाग्य बढ्नेछ। आम्दानीका नयाँ स्रोतबाट आर्थिक लाभ हुनेछ। तपाईले गरेको कामको सकारात्मक परिणाम प्राप्त हुनेछ। ब्यापार ब्यवसायमा उन्नतिको प्रशस्त अवसर मिल्नेछ । मिहिनेतले फल दिनेछ। तपाईंले आफ्नो कामको इच्छित परिणाम प्राप्त गर्नुहुनेछ। सन्तानबाट शुभ समाचार प्राप्त हुनेछ ।

सिंह: दाम्पत्य जीवनमा सुख मिल्नेछ। आर्थिक स्थिति बलियो हुनेछ। व्यापार व्यवसायमा विस्तार हुनेछ । लक्ष्मी माताको कृपाले धन सम्बन्धी समस्याबाट मुक्ति मिल्नेछ । आम्दानीमा वृद्धि हुने सम्भावना छ । आर्थिक पक्ष बलियो हुनेछ ।

मकर: प्रेम सम्बन्धमा मधुरता रहनेछ। बोलीमा नम्रता रहनेछ। नोकरी र व्यवसायमा धेरै प्रगति हुनेछ। आम्दानी बढ्नेछ। लामो समयदेखि रोकिएको धन फिर्ता हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ । अदालती मुद्दाबाट राहत मिल्नेछ। भौतिक सुखसुविधा बढ्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *